Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

नेपाल पुनर्बीमाको १० लाख कित्ता संस्थापक शेयर बिक्रीमा

नेपाल पुनर्बीमाको १० लाख कित्ता संस्थापक शेयर बिक्रीमा

  • काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको १० लाख कित्ता संस्थापक शेयर बिक्रीमा आएको छ । उक्त शेयर प्रतिकित्ता ३३५ रूपैयाँमा बिक्रीमा आएको हो । सो शेयर विशाल ग्रुप लिमिटेडको स्वामित्वमा रहेको छ ।

    images
    images
    images

    विद्यमान संस्थापक शेयरधनी वा जो कोही व्यक्ति तथा कम्पनीहरूले यो शेयर खरीदका लागि असोज १४ गते कार्यालय समयभित्र आवेदन दिनुपर्नेछ । कम्पनीको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडमा सो आवेदन पेश गर्नुपर्नेछ । 

    आवेदन पेश गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १० हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कम्पनीले यो शेयर प्राप्त गर्ने शेयरधनीहरूले असोज ८ गतेपछि कम्पनीबाट घोषणा हुने लाभांश तथा हकप्रद शेयर प्राप्त गर्न योग्य हुनेजानकारी  दिएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij