
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौँ । सल्यानमा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । जिपमा सवार अन्य तीन जना घाइते भएका छन् । तरकारी बोकेर रोल्पाबाट दाङको तुलसीपुर जाँदै गरेको रा १ च १०२५ नम्बरको सिङ्गल क्याप जिप बिहान सल्यान कपुरकोट गाउँपालिका–३ चोरखोला नजिक सेतापैरामा दुर्घटनामा परेको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानले उक्त दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको जनाएको छ । मृतकको पहिचान भने खुल्न सकिरकेको छैन । जिपमा सवार घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र उपचारका लागि दाङ पठाउने तयारी भइरहेको छ । सल्यान प्रहरीले जिप सडकबाट साढे तीन सय मिटर तल खसेको जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij