
Apr 12 2025 | २०८१, चैत ३० गते
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा १ करोड बढी कित्ता सेयर थपिएको छ । नागरिक लगानी कोष (सआईटी)को बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेमा सीआईटीको कुल १ करोड ६ लाख २७ हजार ५०० कित्ता बोनस सेयर सूचीकृत भएको छ । अघिल्लो आर्थिक वर्षका लागि सीआईटीले सेयरधनीहरुलाई २५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोही बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij