
Apr 26 2025 | २०८२, वैशाख १३ गते
काठमाडौं । आन्तरिक छलफलका लागि सरकारले थप समय मागेपछि आन्दोलनरत शिक्षकहरूसँगको वार्ता सरेको छ । आज बिहान वार्तामा बस्ने सहमति भए पनि सरकारी अधिकारीहरू आन्तरिक छलफलमा जुटेपछि बैठक सरेको हो । सरकारले समय मागेपछि आफूहरुपनि आन्तरिक छलफल गर्ने नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मी किशोर सुवेदीले बताए ।
सुवेदीले साढे ११ बजेसम्म सुरु हुनसक्ने बताए । आजै कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्कासहित, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानूनमन्त्री धनरजा गुरुङ, शिक्षामन्त्री अशोक राई र सञ्चारमन्त्री रेखा शर्माले आन्तरिक छलफल गरेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij