
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । अर्थमन्त्रालयमा सचिव कृष्णहरि पुस्करलाई स्वागत गरिएको छ । यही भदौ २९ गतेको सरकारको निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट उनलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको थियो ।
त्यस्तै अर्थसचिव अर्जुनप्रसाद पाेखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लगिएको थियो । बिहीबार अर्थमन्त्रालयमा पुष्करलाईएक कार्यक्रमबीच स्वागत गरिएको हो । अर्थमन्त्री डा. प्रकाशशरण महतसहित कर्मचारीहरुले पनि उनलाई स्वागत गरे । यसअघि अर्थ मन्त्रालयकाे राजस्व र अर्थ सचिव दुवैकाे भूमिका पुष्करले निर्वाह गरिसकेका छन् ।
तर उनी प्रशासन पृष्ठभूमिका हुन् । यसअघि गत माघमा अर्थ मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका उनलाई संघीय मामिला मन्त्रालयमा सरुवा गरिएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij