
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । ६० किलो ७ सय ग्राम सुन प्रकरणका पाँच जना प्रतिवादीको बयान सकिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद मैनालीको इजलासमा पाँच जना प्रतिवादीको बयान सकिएको हो । चिनियाँ नागरिक याओ पुचेङ्ग, लि वेन सुङ्ग, ली नेङकाई, हर्कराज राई र भन्सार एजेन्ट रुकमिना सुब्बाको बयान पुरा भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टोखास्थित सुन गाल्ने कारखानासम्म सुन ओसार्ने काममा ली नेङकाई संलग्न थिए । जिल्ला अदालत काठमाडौँले चार ठाउँमा राखेर प्रतिवादीहरू बयान गराइएको जनाए । सुन प्रकरणमा पक्राउ गरिएका २६ जना र ३ जनालाई फरार प्रतिवादी कायम गरेर मुद्दा दायर गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij