Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

१० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका यादवविरुद्ध मुद्दा दायर

१० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका यादवविरुद्ध मुद्दा दायर

  • काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको नापी कार्यालय, लहानमा कार्यरत अमिन (करार) दीपरन्जन यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगका अनुसार गत भदौ ६ गते १० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका यादवविरुद्ध मंगलवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ ।

    images
    images
    images

    यादवले जग्गाधनी पुर्जा बनाउने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग थिए । आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट लिएको घुस रकमसहित रङ्गेहात पक्राउ गरेको आयोगका प्रवक्ता भोला दाहालले जनाएका छन् । १० हजार रुपैयाँ बिगो कायम गरी सोही बराबरको जरिवाना र कैद सजायको माग गर्दै अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij