Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

जापान पठाइ दिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

जापान पठाइ दिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

  • काठमाडौँ । वैदेशिक रोजगारीमा जापान पठाइ दिने भन्दै रकम ठगी गर्ने दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका- २९ मैतीदेवी बस्ने  खोटाङ साकेला गाउँपालिका १ का राजकुमार गुरूङ र सोही ठाउँ बस्ने  इटहरी उपमहानगरपालिका- १९ का उदय गुरूङ रहेका छन् ।

    images
    images
    images

    वैदेशिक रोजगारीका लागि जापान पठाइदिने भन्दै उनीहरू टेकप्रसाद गौतमबाट २ लाख  ७० हजार रुपैयाँ लिइ फरार रहेका थिए । ठगी गरेको उजुरीका आधारमा राजकुमार र उदयलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिए ।

    मंगलबार दिउँसो प्रहरीले उनीहरूलाई घट्टेकुलोबाट नियन्त्रणमा लिएको हो । वैदेशिक रोजगारीका लागि जापान जान १५ लाख रुपैयाँ लाग्ने र त्यहाँ पुगेपछि कुकमा काम लगाइदिने र मासिक १ लाख तलब हुने आश्वासन दिइ रकम ठगी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । दुवैजनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij