
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । जनमत पार्टीले सांस्कृतिक जनमत संघको केन्द्रिय समिति घोषणा गरेको छ । काठमाडौंको बानेश्वरस्थित सिद्धार्थ फुडल्याण्डमा आयोजित एक कार्यक्रमबीच जनमत पार्टीले सांस्कृतिक जनमत संघको केन्द्रिय समिति घोषणा गरेका हो । सन्तोषराज सहनीलाई केन्द्रिय संयोजकको जिम्मेवारी दिइएको छ ।
त्यसैगरी सह-संयोजकमा सेलिना कुँवर,सचिन पटेल,अरुण कान्त यादव , सचिमा बन्दे प्रसाद साह ,सह-सचिवमा नितु पटेल, बिमल साह, राम नरेश सहनी रहेका छन,भने कोषाध्यक्षमा तनुजा चौरसिया रहेकी छिन् ।
जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रम विभिन्न पार्टी परित्याग गरि सयौं जना नेताकार्यकर्ताहरु र कलाकारहरु जनमत पार्टीमा प्रवेश गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij