Logo

Apr 12 2025 | २०८१, चैत ३० गते

Apr 12 2025 | २०८१, चैत ३० गते

नेम्वाङको पार्थिव शरीर दिउँसोदेखि निवासमा राखिने

नेम्वाङको पार्थिव शरीर दिउँसोदेखि निवासमा राखिने

  • ललितपुर । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज दिउँसोसम्म ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमै राखिने भएको छ ।

    images
    images
    images

    आज बिहान ९ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म उनको पार्थिव शरीरमा श्रद्धाञ्जली व्यक्त गर्नका लागि च्यासलमै व्यवस्था मिलाइएको छ ।नेम्वाङको पार्थिव शरीर दिउँसोपछि बालुवाटारस्थित निवासमा राखिने एमाले प्रचार विभाग सचिव गगन विष्टले जनाएका छन् । उनका आफन्तजन, इष्टमित्र र परिवारका सदस्यबाट नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ ।

    विदेशबाट छोराहरू आइसकेपछि उनको अन्त्येष्टि बिहीबार राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा गरिने भएको छ । उनको सम्मानमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने एमालेले निर्णय गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij