Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

१६ तोला सुन चाेरेकाे आराेप, एक युवतीलाई पक्राउ

१६ तोला सुन चाेरेकाे आराेप, एक युवतीलाई पक्राउ

  • काठमाडौँ । सुनका गरगहना चोरी गरेको अभियोगमा एक युवतीलाई पक्राउ परेकी छन् । पक्राउ पर्नेमा पर्साको पर्सागढी नगरपालिका २, घर भइ हाल पोखरा १२ बस्ने २२ वर्षीया शिवदेवी चौधरी रहेकी छन् ।

    images
    images
    images

    चोरीका गहना लुकाउने पोखरा बुद्धचोकस्थित एक मोबाइल पसलका सञ्चालक सुजन अधिकारी समेत प्रहरीले नियन्त्रणमा छन् । अन्दाजी १६ तोला बराबरका सुनका गरहगना चोरी भएको भन्दै पशु सेवा तालिम केन्द्र कार्यालय, पोखरा १२ परिसरको आवास कोठामा बस्नेले  कास्की प्रहरीमा निवेदन दिएका थिए । 

    अनुसन्धानका लागि प्रहरीले उक्त आवासमा काम गर्ने चौधरीलाई नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक श्रवणकुमार बिकका अनुसार प्रारम्भिक अनुसन्धानमा सुनका गरगहना चोरी गरी मोबाइल पसलमा लुकाएको खुलेपछि पसल खानतलासी गर्दा १६ तोला बराबरका विभिन्न सुनका गरगहना भेटिएको छ ।

    चोरी तथा डाँकासम्बन्धी कसूरमा जिल्ला अदालतबाट ६ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij