Logo

Apr 12 2025 | २०८१, चैत ३० गते

Apr 12 2025 | २०८१, चैत ३० गते

नेम्वाङको अन्त्येष्टि बिहीबार गरिने

नेम्वाङको अन्त्येष्टि बिहीबार गरिने

  • काठमाडौँ । संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि बिहीबार बिहान ११ बजे हुने भएको छ । मंगलबार बसेको एमाले सचिवालय बैठकले यो निर्णय गरेको हो । नेम्वाङलाई राजकीय सम्मान दिने निर्णय गर्दै सरकारले अन्त्येष्टिका दिन शोक विदा दिने निर्णय गरेको छ ।

    images
    images
    images

    पार्टीको झण्डा तीन दिन आधा झुकाउने एमालेले निर्णय गरेको छ । बेलायतमा रहेका नेम्वाङका जेठा छोरा मिङ्सो नेम्वाङ भोलि दिउँसो ४ बजेपछि मात्रै नेपाल आइपुग्दै छन् भने अष्ट्रेलिया गएका कान्छा छोरा सुहाङ भने आजै राति ११ बजे काठमाडौं पुग्नेछन् ।

    सचिव प्रदीप ज्ञवालीले छोराहरू आएपछिमात्रै अन्त्येष्टि गर्ने परिवारले आग्रह गरेका कारण भोलि दिनभर पनि नेम्वाङको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालय च्यासलमा राखिने जानकारी दिए । नेम्वाङका २ छोरीहरू भने काठमाडौंमा नै छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij