
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब १ किलो सुन बरामद गरेको छ । विदेशबाट ल्याएर भन्सार जाँचपास पार गरेपछि बाहिर आएको अवस्थामा सुन बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
प्रहरीले पक्राउ गरिएका आरोपितको नाम भने सार्वजनिक गरेको छैन । ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणको अनुसन्धान भइरहेको बेला थप सुन भेटिएको छ । त्यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij