
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । सरकारले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मंगलबार बिहान बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले नेम्वाङलाई राष्ट्रिय सम्मान दिनुका साथै उनको अन्त्येष्टिको दिन सार्वजनिक विदा दिने निर्णयसमेत गरेकाे हो ।
गएराति नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता नेम्वाङको हृदयघातका कारण निधन भएको हो । नेम्वाङको उपचारको क्रममा त्रिवि शिक्षण अस्पतालमा निधन भएको थियो । नेम्वाङको पार्थीव शरीर आज दिनभर पार्टी कार्यालयमा राखिने र बुधबार अन्त्येष्टि गरिने जनाइएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij