
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सुन तस्करी प्रकरणमा नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनका विश्वासपात्र भीमकान्त भण्डारीसँग सोधपुछ गरेको छ ।
हिजो सीआईबी कार्यालयमा बोलाएर भण्डारीलाई सोधपुछ गरेको हो । हालै भइरहेको सुन तस्करी प्रकरणमा संलग्नता पुष्टि हुने आधार देखा परेपछि सीआईबीले उनीसँग सोधपुछ गरेको हो । उनले कोरोना कालमा अस्वभाविक सम्पत्ति आर्जन गरेको पाइएपछि अख्तियार र सम्पत्ति शुद्धीकरणमा मुद्धा समेत खेपीरहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij