Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

गुरुङसहित १७ जनालाई धरौटीमा रिहा गर्न आदेश

गुरुङसहित १७ जनालाई धरौटीमा रिहा गर्न आदेश

  • काठमाडौं । ललिता निवास प्रकरणमा जिल्ला अदालत काठमाडौंले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश भोलानाथ ढकालको इजलासले थुनामा रहेका ७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

    images
    images
    images

    भाटभटेनी सञ्चालक मीनबहादुर गुरुङसँग २ करोड ४६ लाख धरौटी माग गरिएको छ भने उनीसँगै पक्राउ गरेका अन्यलाई भने बढीमा १५ लाख धरौटी माग गरिएको छ । अदालतले कलाधर देउजा र विनोद पौडेलसँग १५/१५ लाख धरौटी माग गरेको हो ।

    लोकहरी घिमिरे, अरुणकुमार श्रेष्ठ, नारायणराज मिश्र, योगराज पौडेल, गोपाल कार्की, घमनकुमार कार्की, बालकृष्ण श्रेष्ठ र रुद्रकुमार श्रेष्ठसँग ७ लाख ५० हजारका दरले धरौटी माग गरिएको छ ।

    त्यस्तै शिवजी भट्ट, ध्रुबप्रसाद अर्यालसँग ३ लाख ५० हजार र सञ्जयकुमार महर्जन, सकलानन्द महर्जन, देवनारायण महर्जन, बाबुराजा महर्जनसँग १ लाख १० हजार रुपैयाँका दरले धरौटी माग गरिएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij