Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

अस्ट्रेलियाको सपना देखाई रकम ठगी गर्ने महिला पक्राउ

अस्ट्रेलियाको सपना देखाई रकम ठगी गर्ने महिला पक्राउ

  • काठमाडौँ । सामाखुसीबाट अस्ट्रेलिया पठाइदिने नाममा ९ लाख रुपैयाँ ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा भक्तपुरको मध्यपुर ठिमी घर भई हाल सामाखुसी बस्ने ५० वर्षीय रत्न केशरी श्रेष्ठ रहेकी छन् ।

    images
    images
    images

    वैदेशिक रोजगारीको लागि उनले आशामाया लामालाई अस्ट्रेलिया पठाइदिने र त्यसका लागि २० लाख लाग्ने बताएकी थिइन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले अस्ट्रेलिया पुगेपछि होटेलमा काम गरेर मासिक ३ लाख भन्दा धेरै तलब हुने भन्दै प्रलोभनमा पारेर उनले पीडितबाट पटक पटक गरी जम्मा नौ लाख रुपैयाँ ठगेको जनाएको छ ।

    रकम लिएपछि श्रेष्ठ सम्पर्क भएसँगै पीडितले वैदेशिक रोजगार विभागमा उजुरी गरेकी थिइन् । कार्यालयको टोलीले विभागको पत्राचारको आधारमा शुक्रवार आरोपीलाई सामाखुसीबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij