Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

चन्द्रमाको सतहमा यान अवतरण गराउने जापानको अभियान शुरु

चन्द्रमाको सतहमा यान अवतरण गराउने जापानको अभियान शुरु

  • जापानले पनि चन्द्रमाको सतहमा यान अवतरण गराउने अभियान शुरु गरेको छ । बीबीसी हिन्दीले आज बिहीवार बिहान जापानको स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मुन मिसन (स्लिम) सफलतापूर्वक प्रक्षेपण भएकाे जनाएको छ ।

    images
    images
    images

    झन्डै पाँच महिनाभित्र अर्थात् आउँदो फेब्रुअरीमा यो मिसन चन्द्रमाको सतहमा अवतरण हुने सम्भावना छ । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले यस मिसनको प्रक्षेपणपछि जापानलाई बधाई दिएको छ ।

    यो मिसन सफल भयो भने जापान चन्द्रमाको सतहमा अवतरण गर्ने विश्वको पाँचौँ देश हुनेछ । हालसम्म अमेरिका, रुस, चीन र भारतले मात्रै चन्द्रमामा आफ्नो मिसन सफलतापूर्वक अवतरण गरेका छन् । जापानको यो परियोजना १० करोड डलरको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij