
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । मोटरसाइकल चोरेर चलाइरहेको अवस्थामा प्रहरीले सर्लाहीमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा निरन्जन राय रहेका छन् । मधेश प्रदेश ३-०२४ प- ८९०४ नं.को कालो रंगको स्पलेण्डर मोटरसाइकल बरामद गरी उनलाई मोटरसाइकल चोरी शिर्षकमा मुद्दा दर्ता गरी अदालतबाट दिन ५ को म्याद थप गरिएको छ ।
यस्तै मंगलबार राती बरहथवा नगरपालिका-०७ स्थित प्रहरीले गस्ती गर्ने क्रममा नम्बर प्लेट नभएको चोरीको पल्सर मोटरसाइकल लिएर हिँड्ने मुना यादव र हरिलाल महतोलाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij