
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडालाई मातृशोक परेको छ ।
मंगलबार बिहान साढे नौ बजे नेता खतिवडाकी आमा ८० वर्षीया मालती खतिवडाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको हो ।
पारिवारिक स्रोतले खतिवडाको मंगलबार दिउँसो १ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाएको छ । स्वर्गीय खतिवडाका तीन छोरी र एक छोरा रहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij