Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

पोर्चुगल पठाइदिने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ

पोर्चुगल पठाइदिने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ

  • काठमाडौँ । पोर्चुगल पठाइदिने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् ।

    images
    images
    images

    प्युठानको मल्लरानी गाउँपालिका-४ खलंगा घर भई हाल काठमाडौं-२६ सामाखुसी बस्ने २८ वर्षीय नवराज खड्कालाई प्रहरीले पक्राउ गरेको हो । वैदेशिक रोजगारका लागि पोर्चुगल पठाइदिने भनेर उनले सन्दीप परियारसँग तीन लाख रुपैयाँ लिएर फरार भएका थिए ।

    काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई सामाखुसीबाट पक्राउ गरेको हो । थप अनुसन्धानका लागि उनलाई वैदेशिक रोजगार विभाग पठाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij