Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

भ्रष्टाचार अभियोगमा तीन प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा

भ्रष्टाचार अभियोगमा तीन प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा

  • काठमाडौँ । सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    images
    images
    images

    सो गाउँपालिका–२ को वडा कार्यालय भवन निर्माणका लागि जग्गा खरिद गर्दा अनियमितता गरेको पाइएपछि मुद्दा दायर गरिएको आयोगले जनाएको छ । प्रवक्ता भोला दाहालका अनुसार निःशुल्क रुपमा दानपत्रमार्फत प्राप्त भएको जग्गालाई रु ६ लाख खरिद गरेको भनी देखाइ भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरिएको हो ।

    तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी र तत्कालीन लेखापाल जीवन सुवेदी र तत्कालीन वडा नं २ का तत्कालीन वडाध्यक्ष रमेशकुमार बस्नेतविरुद्ध बिगो बमोजिमको कारबाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij