Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

झडपमा परी दुई जना सशस्त्र प्रहरी घाइते

झडपमा परी दुई जना सशस्त्र प्रहरी घाइते

  • काठमाडौँ । तस्करीको सामान ल्याउने व्यक्तिहरुसँग भएको झडपमा परी दुई जना सशस्त्र प्रहरी कर्मचारी घाइते भएका छन् ।  एक जना स्थानीय पनि घाइते भएका छन् ।

    images
    images
    images

    घाइते भएकाहरु नं. ३० बागेश्वरी गण बाँकेमा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार बेदप्रसाद पौडेल र सशस्त्र प्रहरी जवान गणेश बुढा रहेका छन् । गएराति नं. ३० बागेश्वरी गण बाँकेको टोलीले बाँकेको नेपालगंज उपमहानगरपालिका १६ चौलिका चोकबाट चोरीपैठारीको विभिन्न सामान बरामद गरेको थियो ।

    सशस्त्र प्रहरीले हार्डवयरका ती सामानको पुरा भन्सार तिरेको नपाइएपछि सामान बरामद गरेको हो । तर भन्सार छलिका उक्त सामान फिर्ता पाउनु पर्छ भनि ल्याउने व्यक्तिहरु र स्थानीय बासिन्दा करिब १ सयदेखि १२० जना भेला जम्मा भई ड्युटीमा खटिएका सशस्त्र प्रहरीलाई हुलहुज्जत गरी सामान खोसेर लैजान खोजेका थिए ।

    उक्त गण, प्रस्तावित सीमा सुरक्षा गुल्म जमुनाह र विओपी जयसपुरबाट खटिएको ७१ जनाको सुरक्षा फौजले हुलहुज्जत गर्ने व्यक्तिहरुलाई सम्झाई बुझाई गरेपश्चात फिर्ता पठाइएको थियो ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij