काठमाडौँ । सुन तस्करी प्रकरणमा जोडिएका कर्मचारीहरूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको छ । अख्तियारले ६० किलो सुन तस्करी र त्यसमा जोडिएका कर्मचारीहरूको सम्पत्तिमाथि अनुसन्धान सुरु गरेको हो ।
सुन प्रकरणमा मुछिएका केही कर्मचारीहरूको भूमिका र कामकारवाहीमाथि अनुसन्धान सुरु भएको र केहीको सम्पत्ति छानबिनसमेत थालिएको अख्तियार स्रोतले जनाएको छ ।
त्यसक्रममा आयोगले विस्तृत विवरण मागेर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पत्राचार समेत गरेको छ ।