Logo

Apr 14 2025 | २०८२, वैशाख १ गते

Apr 14 2025 | २०८२, वैशाख १ गते

कतार पठाइदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ

कतार पठाइदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ

  • काठमाडौँ । वैदेशिक रोजगारीमा कतार पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । सर्लाही घर भई काठमाडौँको मित्रनगर बस्ने २९ वर्षीया सरस्वती अधिकारीलाई पक्राउ गरेको छ ।

    images
    images
    images

    कतारमा आकर्षक तलब हुन्छ, रोजगारीमा पठाइदिन्छु भन्दै अधिकारीले लोकराज भण्डारीलाई प्रलोभनमा पारेर रकम लिई सम्पर्कविहीन बनेको प्रहरीको भनाई छ ।

    काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी वैदेशिक रोजगार विभागबाट पत्राचार भएकोमा प्रहरी टोलीले अधिकारीलाई बुधवार गंगबुबाट पक्राउ गरेको थियो । थप अनुसन्धान तथा कारबाहीको लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij