Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौँ । ललिता निवास प्रकरणमा पक्राउमा परेर थुनामा रहेका १८ जना आरोपीको मुद्दामा आजबाट बयान लिइँदैछ।
उक्त प्रकरणमा थुनामा रहेका भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित १८ जनासँग अदालतमा आजदेखि बयान लिन लागिएको हो । आइतबार जिल्ला सरकारी वकिल कार्यालयले २८९ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
सरकारी वकिल कार्यालयले सो प्रकरणमा मुछिएर मृत्यु भएका २१ जनालाई पनि जग्गा फिर्ता गर्ने प्रयोजनार्थ प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ । थुनामा भएकाहरूको बयान सकिएपछि थुनछेक बहस सुरु हुनेछ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij