
Jun 04 2025 | २०८२, जेठ २१ गते
काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले काठमाडौं प्रहरी परिसरको सुरक्षा कमाण्ड सम्हालेका छन् । कमाण्ड सम्हाले लगत्तै एसएसपी सिंहले मातहतका निकायलाई कडा ब्रिफिङ समेत गरेका छन् ।
सिंहले भने, ‘काठमाडौंको शान्ति सुरक्षाका लागि कुनै कसर बाँकी राख्दिन ।’ उनले आफू मातहतका सबैलाई सुनाए, ‘गलत काममा सोर्सफोर्स चल्दैन, अपराधीसँग सम्झौता हुँदैन ।’ उनले प्रतिबद्धतासहित भने, ‘म पनि कानुन अनुसार चल्छु र संगठन पनि त्यसरी नै चलाउँछु ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij