
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।उक्त प्रकरणअन्तर्गत केही बेरअघि सरकारी किर्तेमा २९० जनालाई प्रतिवादी बनाइ मुद्दा दायर गरिएको हो । सरकारी किर्तेमा एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको व्यवस्था छ ।
संगठित अपराधमा मुद्दा दिन नमिल्ने देखिएकाले उक्त प्रकरणमा सरकारी किर्तेमा मात्र मुद्दा दायर गरिएको बताइएको छ । सीआईबीले २८६ जनाविरुद्ध मुद्दा चलाउने निर्णय गरे पनि सरकारी वकिलको कार्यालयले ४ जना थपेर २९० जनालाई प्रतिवादी बनाएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij