Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

भारतको पावर एक्सचेन्जमा बिजुली बेच्न अनुमति,जतिमा किनेको त्यतिमै बिक्री गर्ने तयारी

भारतको पावर एक्सचेन्जमा बिजुली बेच्न अनुमति,जतिमा किनेको त्यतिमै बिक्री गर्ने तयारी

  • काठमाडौँ । भारतको इनर्जी एक्सचेन्ज बजारमा २५ मेगावाट विद्युत् बिक्रीका लागि विद्युत् नियमन आयोगले नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको छ । इनर्जी एक्सचेन्जमा कम्तीमा पनि २५ मेगावाट विद्युत् उपलब्ध गराउन भारतको पावर ट्रेडिङ कर्पोरेसन अफ इन्डिया लिमिटेड (पीटीसीएन) ले आह्वान गरेको टेन्डरमा भाग लिन प्राधिकरणले आयोगबाट स्वीकृत मागेको थियो । पीटीसीएन भारतमा ऊर्जा व्यापारको प्रबन्ध मिलाउने कम्पनी हो ।

    onlinepatrika
    Arghakhachi

    आयोग बैठकले गत सोमबार प्राधिकरणलाई नेपालमा विद्युत् बढी भएको अवस्थामा मात्रै भारतमा बिक्री गर्न मिल्ने गरी स्वीकृति दिएको आयोगका सदस्य रामप्रसाद धितालले जानकारी दिए । ‘नेपालमा उत्पादित विद्युत् यहाँ खपत हुन नसकेको र बढी भएको अवस्थामा मात्रै बिक्री गर्न मिल्ने गरी आयोगले स्वीकृति दिएको छ,’ उनले भने, ‘तीन वटा सर्तसहित प्राधिकरणलाई इनर्जी एक्सचेन्जमा विद्युत् बिक्रीको स्वीकृति दिइएको हो ।’

    AGNI GROUP

    प्राधिकरणलाई अहिले पीटीसीएसनले आह्वान गरेको टेन्डरमा भाग लिन स्वीकृति दिए पनि विद्युत् बिक्री गर्नुअघि ऊर्जाको परिमाण, मूल्य र सर्तहरू पुनः आयोगबाट स्वीकृति गराउने गरी अनुमति दिइएको धितालले बताए । प्राधिकरणले स्वदेशमा उत्पादित विद्युत् रातिको समयमा खेर जाने भन्दै जेठ १५ देखि भारतको इनर्जी एक्सचेन्जमा बिक्रीको तयारीसहित आयोगमा अघिल्लो साता निवेदन दिएको थियो ।

    प्राधिकरणले भारतको एनभीभीएनमार्फत इनर्जी एक्सचेन्ज बजारमा विद्युत् बिक्री गर्ने तयारी गरेको हो । भारतमा विद्युत् निर्यात गर्दा प्रतिनिधि संस्थाका रूपमा काम गर्ने गरी एनभीभीएनसँग प्राधिकरणको सम्झौता यसअघि नै भइसकेको छ । आयोगबाट स्वीकृति पाएको र टेन्डरमा भाग लिन एनभीभीएनलाई जानकारी गराइसकिएको प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए । ‘अर्को देशमा विद्युत् बिक्रीका लागि के प्रक्रिया पूरा गर्नुपर्ने हो, त्यसबारे हामीसँग कुनै नियम छैन,’ उनले भने, ‘अहिले प्रक्रिया स्पष्ट नभइसकेकाले आयोगसँग स्वीकृति मागेका हौं ।’कान्तिपुर दैनिकमा समाचार छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij