
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले ६७ हजार ४८१ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । उक्त शेयर कम्पनीले प्रतिकित्ता २०० रूपैयाँ अंकित मूल्यमा बिक्रीमा ल्याएको हो । विद्यमान संस्थापक शेयरधनीहरूले यो शेयर खरीदका लागि मात्र आवेदन पेश गर्न सक्नेछन् ।
आगामी ३५ दिनभित्र तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरीआवेदन पेश गर्नुपर्नेछ । यसका लागि कम्पनीको केन्द्रिय कार्यालय थापागाउँ, काडमाडौंको शेयर विभागमा आवेदन पेश गर्नुपर्ने जानकारी कम्पनीले दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij