
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । ललिता निवास जग्गा हिनामिना प्रकरणमा राप्रपाका प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई पक्राउ गरी अनुसन्धान गर्न माग गरेका छन् ।
प्रतिनिधि सभा बैठकको बुधबार बसेको विशेष समयमा बोल्दै उनले सोही प्रकरणमा अरुलाई पक्राउ गरी अनुसन्धान गरे पनि निर्णयकर्तालाई उन्मुक्ति दिएको आरोप लगाए । उनले देशमा दुई ओटा कानून नरहेको भन्दै निर्णयकर्ता तत्कालीन प्रधानमन्त्रीद्वय नेपाल र भट्टराई पनि पक्राउ गरी अनुसन्धान गर्न माग गरेका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij