
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । नापी कार्यालय लहान, सिरहाका अमिन दीपरञ्जन यादव घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यादवलाई एक लाख घुससहित पक्राउ गरेको हो ।
सेवाग्राहीसँग जग्गाधनी प्रमाणपत्र बनाउने प्रयोजनका लागि भन्दै उनले एक लाख घुस लिएको अख्तियारले जनाएको छ । घुस माग गरेको सूचना पाएपछि अख्तियारको बर्दिबासबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij