Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

सिआइबीले बुझायो ललिता निवास प्रकरणको अनुसन्धान प्रतिवेदन

सिआइबीले बुझायो ललिता निवास प्रकरणको अनुसन्धान प्रतिवेदन

  • काठमाडौं । बालुवाटारस्थित ललिता निवास प्रकरणमा अनुसन्धान सकेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रतिवेदन बुझाएको छ । सिआइबीका प्रवक्ता एसपी नवराज अधिकारीले छानबिन सम्पन्न गरेर केही बेर अगाडी जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको जनाएका छन् । 

    images
    images
    images

    सीआईबीले गत असार १२ गते भाटबटेनी सञ्चालक मिनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधिर शाह लगायत २३ जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो । ती मध्ये ५ जना अदालतको आदेशले रिहा भएका थिए भने १८ जना हिरासतमा छन् ।

    सरकारी वकिलको कार्यालयले अब अनुसन्धान प्रतिवेदनको अध्ययन विश्लेषण गरेर मुद्दा दायर गर्नेछ । सरकारी लिखत कीर्तेको कसुरमा सीआईबीले मुद्दा अगाडी बढाएको छ । ललिता निवास प्रकरणमा संलग्न सरकारी कर्मचारी, भूमाफियासहित साढे तीन सय बढिलाई प्रतिवादी बनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij