
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाल कांग्रेसका नेता तथा पूर्वमन्त्री विजयकुमार गच्छदार, चन्द्रदेव जोशी र पूर्वराज्यमन्त्री सञ्जय साहसँग बयान लिएको छ । सीआईबीले तीनै जनालाई हिजो साँझ छुट्टाछुट्टै बयान लिएको हो ।
सीआईबीले बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न भएको भन्दै पूर्वमन्त्रीहरू गच्छदार, जोशी, डम्बर श्रेष्ठ तथा राज्यमन्त्री साहविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । गच्छदार, जोशी र साहसँग बयान लिए पनि श्रेष्ठ भने फरार रहेको सीआईबी स्रोतले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij