
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । स्थानीय जङ्गलमा स्याउला काट्न रुखमा चढ्दा लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका– १३ भातीखर्क घर भई वडा नं ११ पिजी चोक बस्ने एक ३५ वर्षीया अनिता खड्का रहेकी छन् ।
बिहीबार बेलुकी ६ बजेतिर भातीखर्कबाट नजिकैको जङ्गलमा खसी, बाख्रालाई स्याउला काट्न गएकी खड्का हाडे रुखमा चढेर स्याउला काट्न लाग्दा हाँगा भाँचिएर भुइँमा खसी सख्त घाइते भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । घाइते खड्कालाई तत्काल स्थानीयवासीले उपचारका लागि जिल्ला अस्पतालमा ल्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।
सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीका अनुसार अहिले खड्काको शवलाई जिल्ला अस्पतालमा नै शव परीक्षण गर्ने तयारी भइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij