
Apr 18 2025 | २०८२, वैशाख ५ गते
युक्रेनले रुसको राजधानी मस्कोस्थित एक भवनमा ड्रोन आक्रमण गरेको छ । रुसी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले आक्रमणका कारण मस्कोको व्यापारिक जिल्लामा विस्फोटको आवाज सुनिएको लेखेको छ ।
मस्कोका मेयर सेरगी सोब्यानिनले आफ्नो हवाई सुरक्षाले ड्रोनलाई खसालिदिएको बताएका छन् । ड्रोन शहरको एक्स्पो सेन्टरमा खसेको उनको भनाइ छ । रुसको रक्षा मन्त्रालयले स्थानीय समयअनुसार शुक्रबार बिहान ४ बजे आक्रमण भएको जनाएको छ ।
शहरको हवाई रक्षा प्रणाली सक्रिय बनाएपछि ड्रोनले आफ्नो दिशा परिवर्तन गरेको मन्त्रालयले जनाएको थियो । त्यसपछि ड्रोन मस्कोको क्रास्नोप्रेस्नेस्क्यास्थित सरकारी भवन रहेको एक गैरआवासीय भवनमा खसेको बताइएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij