Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

पगालियो तस्करीको बरामद सुन

पगालियो तस्करीको बरामद सुन

  • काठमाडौँ । अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलबाट जाँचपास भएर बाहिरिएपछि सिनामंगलबाट बरामद गरिएको सुन आज पगालिएको छ ।नेपाल राष्ट्र बैंकको टक्सार महाशाखा बबरमहलमा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गालिएको हो ।

    images
    images
    images

    महाशाखाका प्रमुख थानेश्वर आचार्यले गालिएपछिको सुनको तौल २ घण्टापछि सार्वजनिक गरिने जानकारी दिए । आज बिहान साढे १० बजेबाट सुन गाल्न सुरू गरिएको थियो । हिजो ब्रेक सुबाट सुन छुट्याउने काम भएको थियो । छुट्याइएको सुन ६० किलो ७८९ ग्राम तौल रहेको छ । गालेपछि सुनको मात्रा अझै घट्नसक्ने अनुमान छ ।

    आचार्यका अनुसार सुनको यकिन तौल आएपछि त्यसको गुणस्तर र आर्थिक परीक्षणको काम थालिने छ । राजस्व अनुसन्धान विभागले भन्सार जाँचपास भएर सिनामंगलको रोडमा पुगिसकेको सुन बरामद गरेको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij