
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । रुसमा एक पेट्रोल पम्पमा विष्फोटपछि आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ । रुसको दक्षिणी क्षेत्रमा पर्ने डागेस्तानको पेट्रोल पम्पमा विष्फोट भएको हो ।
केही बालबालिकासहित १२ जनाको मृत्यु भएको पुष्टि भएको बीबीसीले जनाएको छ । गम्भीर घाइतेहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । विष्फोटको कारण खुलेको छैन ।
पेट्रोल पम्प नजिकै पार्किङ गरेको कारबाट आगलागी सुरु भएको पछि विष्फोट भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । स्थानीय समयअनुसार राति ९ः४० बजेति आगलागी सुरु भएको हो । आगो नियन्त्रणमा लिन अग्नि नियन्त्रकहरुलाई तीन घण्टाभन्दा बढी समय लागेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij