Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

पोर्चुगलको सपना देखाई ठगी गर्ने पक्राउ

पोर्चुगलको सपना देखाई ठगी गर्ने पक्राउ

  • काठमाडौँ । वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । इलामको रोङ गाउँपालिका वडा नम्बर ६ स्थायी घर भई काठमाडौँको सिनामंगल बस्ने ३१ वर्षीय उमेश सेती सुरुवाललाई प्रहरीले पक्राउ गरेको छ ।  

    images
    images
    images

    उनले सुरज श्रेष्ठ समेत ३ जनालाई वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाइदिने भन्दै ३९ लाख ठगेको प्रहरीले जनाएको छ । प्रतिव्यक्ति तेह्र लाख रुपैयाँ लाग्ने र पोर्चुगल पुगेपछि कृषि कम्पनीमा १ लाख तलब आउने काममा लगाइदिने प्रलोभन दिँदै उनले पीडितहरुलाई पटकपटक गरी ३९ लाख लिई सम्पर्कबिहिन भएका थिए ।

    प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार पीडितको उजुरीपछि वैदेशिक रोजगार विभागले गरेको पत्राचारको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अभियुक्तलाई बौद्धबाट पक्राउ गरेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij