
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल, सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ ।शीतलनिवासमा करिब एक घण्टा भएको भेटमा संसदको जारी अवरोध खुलाउनेबारे छलफल भएको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।
भेटमा सभामुख घिमिरे र राष्ट्रियसभा अध्यक्षले सदनको अवरोध खुलाउन राष्ट्रपतिबाट सहयोगको अपेक्षा गरेको अधिकारीले बताए ।
सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने माग राख्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर सदन अवरुद्ध पार्दै आएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij