
Apr 29 2025 | २०८२, वैशाख १६ गते
काठमाडौँ । भन्सार छलेर ल्याएको सामानसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुलरिया नगरपालिका-११ स्थित कट्टी लालपुरबाट बर्दियाको गुलरिया नगरपालिका-११ का धनेश रैदास र कुरवारी रैदास रहेका छन् ।
एक लाख ९ हजार २०० रुपैयाँ बराबरको कपडालगायत सूर्तिजन्य सामानसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । आवश्यक कारबाहीका लागि नियन्त्रणमा रहेका दुवै जना र सामान राजापुर भन्सार कार्यालय गुलरियामा पठाएको जनाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij