
Apr 14 2025 | २०८२, वैशाख १ गते
काठमाडौं । वैदेशिक रोजगार विभागको अनलाइन सेवा सुचारु भएको छ । विभागको एफइआइएमएस प्रणालीमा फाइल सर्भर माइग्रेटको काम सम्पन्न भएसँगै अब फाइलहरु अपलोड गर्न सकिने भएको विभागका सूचना अधिकारी कविराज उप्रेतीले जानकारी दिए ।
साथै विभागले यस प्रणालीमा विगतमा आएको समस्याका कारण श्रम स्वीकृति दिने लाइन लामो रहेको भन्दै श्रम स्वीकृत नभएसम्म हवाई टिकट नलिन समेत श्रमिकसँग आग्रह गरेको छ । विभागको प्रणाली ३ दिन अवरुद्ध बनाएर सर्भर माइग्रेट गरिएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij