Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

किरणको कमाण्डलाई चम्काउँदै नम्रता

किरणको कमाण्डलाई चम्काउँदै नम्रता

  • काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले व्यवसाय प्रवद्र्धनको लागि मिस नेपाल वल्र्ड–२०२० नम्रता श्रेष्ठलाई ब्रान्ड एम्बासडरमा नियुक्ती गरिएको छ । बैंकले शुक्रवार एक कार्यक्रम आयोजना गरी बैंकको व्यवसाय प्रवद्र्धनका लागि श्रेष्ठलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    राष्ट्रिय वाणिज्य बैंक र दी हिडन ट्रेजर प्रा.लि.बीच भएको सम्झौतामा अनुसार श्रेष्ठ बैंकको ब्राण्ड एमबास्डरमा नियुक्त भएकी हुन् । सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजर प्रा.लिको तर्फबाट अध्यक्ष दीवाकर राजकर्णिकारले हस्ताक्षर गरेका छन् ।

    AGNI GROUP

    सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंकले प्रवाह गरिरेको आधुनिक बैंकिङ्ग सेवाको बारेमा ग्राहकहरुमा थप जानकारी दिई आफ्नो व्यवसायलाई प्रवद्र्धन गर्नको निमित्त बैंकले आफ्नो ब्रान्ड एम्बासडरमा मिस नेपाल वल्र्ड २०२० नम्रता श्रेष्ठलाई नियुक्ती गरिएको बताए ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट