Logo

Apr 01 2025 | २०८१, चैत १९ गते

Apr 01 2025 | २०८१, चैत १९ गते

उपमेयर एक्कासी बजारमा उत्रिएपछि !

उपमेयर एक्कासी बजारमा उत्रिएपछि !

  • ललितपुर । ललितपुर महानगरपालिकाका उपप्रमुख एवम् अनुगमन समितिको अध्यक्ष मञ्जली शाक्य बज्राचार्यको संयोजकमा ललितपुर महानगरपालिकाभित्र बजार अनुगमन गरिएको छ । बजारमा म्याद नभएका सामानहरु बिक्री गरिएको तथा लापरवाही बढेको भन्ने सूचनाहरु आउन थालेपछि बजार अनुगमन गरिएको हो ।

    अनुगमनका क्रममा बजार व्यवस्थापनमा धेरै विकृतिहरु आएको पाइएको छ । उपप्रमुख मञ्जली शाक्य बज्राचार्यका साथमा ललितपुर महानगरपालिका वडा नं ५ का वडाध्यक्ष विकासमान श्रेष्ठ, नगर प्रहरी लगायतको टोली थिए । अनुगमनमा व्यवसायीहरुले कर तिरेका छन् या छैनन् पनि हेरिएको थियो । उपभोक्ताको स्वास्थ्यलाई बेवास्ता गर्ने व्यवसायीहरुलाई चेतावनी दिइएको छ । अटेर गर्नेलाई कानुन अनुसार कारबाही गर्ने तयारी पनि गरिएको छ ।

    आगामी दिनहरुमा वडा नं. ५ का विभिन्न बजारमा अनुगमन निरन्तर गरिने वडा नं. ५ का वडाध्यक्ष विकासमान श्रेष्ठले अनलाइन पत्रिकालाई बताए । उनले उपभोक्ताको स्वास्थ्यको ख्याल गरी व्यवसाय सञ्चालन गर्न आग्रह गरे । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij