Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

दोषीमाथि कारबाही र घाइतेको उपचार गर्ने गृहमन्त्रीको प्रतिबद्धता

दोषीमाथि कारबाही र घाइतेको उपचार गर्ने गृहमन्त्रीको प्रतिबद्धता

  • काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले तामाङ र मगर समुदायको धर्नामा भएको प्रहरी हस्तक्षेपप्रति दुःख व्यक्त गरेका छन् ।

    images
    images
    images

    म‌ंगलबार गृहमन्त्री श्रेष्ठले तामाङ घेदुङ र मगर संघका अध्यक्ष सहितका प्रतिनिधिहरूको ज्ञापनपत्र बुझ्ने क्रममा घटनाको गम्भीर अनुसन्धान गरी दोषी प्रहरीलाई कारवाही गर्ने र घाइतेको उचित उपचार गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

    अधिवक्ता भगवती पाण्डेलाई तत्काल कारवाही गर्न उजुरी दिएपनि समयमै सुनुवाइ नभएको भन्दै साउन १७ गते नेपाल तामाङ घेदुङ संघीय समिति र नेपाल मगर संघ केन्द्रीय समितिको ब्यानरमा टेकु प्रहरी परिसरअगाडि धर्ना दिइएको थियो ।

    सोही धर्नामा प्रहरी हस्तक्षेप हुँदा धर्नामा बसेका तीन दर्जनभन्दा बढी घाइते भएका थिए । जिल्ला अदालत काठमाडौंको आदेशले पक्राउ परेकी अधिवक्ता पाण्डे केही घण्टामा रिहा भएपछि धर्नामा बसेकालाई भने प्रहरी हिरासतभित्र समेत चरम यातना दिइएको तामाङ घेदुङ र मगर संघले जनाएको छ ।

    तामाङ घेदुङ र मगर संघले अधिवक्ता पाण्डेमाथि कारवाही, धर्ना र हिरासतमा यातना दिन आदेश दिने प्रहरी अधिकारी तथा संलग्नमाथि कारवाही तथा उचित क्षतिपूर्ति एवम् उपचारको माग गर्दै गृहमन्त्री श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij