
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । ललिता निवासको सरकारी जग्गा कीर्ते गरी व्यक्तिको बनाएको घटनामा अनुसन्धानका लागि चार जना पूर्वमन्त्री विरुद्ध पक्राउ पुर्जी जिल्ला अदालत काठमाडौंले जारी भएको छ ।
आइतबार पूर्व उपप्रधानमन्त्री तथा भौतिक योजनामन्त्री विजयकुमार गच्छदार, पूर्व भूमिसुधार मन्त्री चन्द्रदेव जोशी, पूर्व भूमिसुधार मन्त्री डम्बर श्रेष्ठ र पूर्व राज्यमन्त्री सञ्जयकुमार शाहविरूद्ध पक्राउ पुर्जी जारी भएको प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुबेर कडायतले जानकारी दिए ।
अदाललते पुर्जी जारी गरेपछि उक्त मुद्दामा अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीलाई पक्राउ गर्ने बाटो खुलेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij