
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । राजस्व अनुसन्धान विभागले एक सय किलो सुन तस्करी प्रकरण अनुसन्धानको फाइल नेपाल प्रहरीलाई सुम्पिएको छ । प्रधानमन्त्री मातहतको विभागले नै सुन तस्करीको छानबिन गर्दा निष्पक्ष नहुने भन्दै आलोचना भएपछि अनुसन्धानको फाइल प्रहरीलाई सुम्पिएको हो ।
सुन तस्करी अन्तरदेशीय संगठित अपराध भएको भन्दै विभागले थप छानबिनका लागि प्रहरीको जिम्मा लगाएको जनाएको छ । अनुसन्धानको फाइलसँगै पक्राउ परेका सबै आरोपितलाई पनि प्रहरीको जिम्मा लगाइने विभागले जनाएको छ । राजस्व अनुसन्धान विभागले साउन २ गते सिंनामंगल सडकबाट एक सय किलो बरामद गरेको थियो । भन्सार पार भइसकेको उक्त सुन तस्करी प्रकरणमा १८ जना पक्राउ परिसकेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij