
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । साताको पहिलो दिन शेयर बजार उच्च अंकले घटेको छ । गत साताको अन्तिम कारोबारका दिन बिहिबार मात्रै ३ अंकले बढेको नेप्से परिसूचक आज ३८.३७ अंकले घटेर २०५१.४७ बिन्दुमा कायम भएको छ ।
यसदिन बजारमा ८० लाख ७ हजार ३६१ कित्ता सेयरको खरिदबिक्री भई २ अर्ब ६८ करोड ७१ लाख ४८ हजार २३४ रुपैयाँको कारोबार भएको छ ।
दोहोरो अंकले घटेको बजारमा प्रयोग्रेसीभ फाईनान्स, अभियान लघुवित्त वित्तीय संस्थाा र सपोर्ट माईक्रोफाइनान्स वित्तीय संस्थाले सर्वाधिक घाटा व्यहोरेका छन् ।
त्यस्तै, उपसमूहतर्फका १३ वटै समूहको सेयरमुल्य घटेको छ । त्यस्तै, आजको बजार पूँजीकरण ३० खर्ब १५ अर्ब रुपैयाँ रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij