Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

सुन्दरहरैंचा नगरपालिकाका लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सुन्दरहरैंचा नगरपालिकाका लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङ, सुन्दरहरैचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । ढकालले वडा कार्यालयहरुमा भएको मर्मत सम्भार कार्यको भुक्तानी प्रयोजनका लागि २ लाख रुपैँया घुस लिएका थिए ।

    images
    images
    images

    इटहरीस्थित आयोगको कार्यालयबाट खटिएको टोलीले ढकाललाई गत असार २२ गते घुस लिएको रकमसहित नियन्त्रणमा लिएको थियो । आयोग अनुसन्धानबाट ढकालले घुस लिएको पुष्टी भएको भन्दै उनीविरुद्ध विशेषमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

    अनुसन्धानको सिलसिलामा उनले सुन्दरहरैंचा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, मोरङ र वडा कार्यालयहरुमा विद्युतीय उपकरण एवं सोलारको जडान तथा मर्मत कार्यको भुक्तानी प्रयोजनको लागि घुस लिएको खुलको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij