
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । दोलखामा पहिरोमा पुरिएर एक बालकको मृत्यु भएको छ भने तीनजना बेपत्ता भएका छन् । गौरीशंकर गाउँपालिका–७ टोपाटारमा पहिरोमा पुरिएर ३ वर्षीय प्रिन्स थामीको मृत्यु भएको हो ।
त्यस्तै पहिरोले घर पुरिँदा गौरीशंकर गाउँपालिका–७ मार्वु टोपाटारका कृष्ण मगर, मगरकी श्रीमती देव मगर र हरिलाल श्रेष्ठ बेपत्ता भएका छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
भीषण वर्षाका कारण यहाँका ३२ भन्दा बढी घरमा क्षति पुगेको छ ।
पहिरोका कारण विद्युत्का पोलहरू ढलेका छन् भने ग्रामीण सडक अवरुद्ध भएको छ । वर्षापछि आएको बाढी र पहिरोका कारण यहाँका नागरिकको दैनिकी प्रभावित भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij